Tuesday, August 7, 2012
पृथ्वीराजमार्ग अन्तर्गत धादीङको भिमेस्थानमा बस दुर्घटना ११ जनाको ज्यान गयो
पृथ्वीराजमार्ग अन्तर्गत धादीङको भिमेस्थानमा बस दुर्घटना ११ जनाको ज्यान गयो
अपडेट : खबर |
काठमाडौं, साउन २३ । बुटवलबाट काठमाडौँ आउदै गरेको बस पृथ्वीराजमार्ग अन्तर्गत धादीङको भिमेस्थानमा दुर्घटना हुदा एघार जनाको ज्यान गएको छ । लु १ ख ७०५१ नम्बरको बस धादीङको महेस खोलामा दुर्घटना भएको हो । सर्बसाधारण, सुरक्षा निकाएको सहयोगमा उद्धार कार्य भैरहेको छ । धादीङ प्रहरीले ज्यान जानेको संख्या थपिन सक्ने जनाएको छ । क्षमता भन्दा बढि यात्रु बोक्नाले बस दुर्घटना भएको प्रहारीको भनाइ छ | मृतकमध्ये ७ जनाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा कोपवा ४ कपिलबस्तुका २३ बर्षीय बलिराम चौधरी, रुद्रपुर २ रुपन्देहीका २२ बर्षीय मोहन नगरकोटी, नानपकडी ४ रुपन्देहीका २९ बर्षीय फणिन्द्र सुवेदी र तम्घास ३ गुल्मीकी ५५ बर्षीया पार्वती घर्तिमगर रहेका छन् । यस्तै बुटवल १३ की शुशिला घर्तिमगर, पोखराका २२ बर्षीय रञ्जन थापा, बुटवल १५ का शेरबहादुर थापाको पनि सनाखत भएको छ ।
दुर्घटनामा अन्य १९ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । घाइतेहरुको सहिद मेमोरियल अस्पताल कलंकीमा र अन्यको स्टार अस्पताल सानेपामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका ३ जनाको धादिङको गल्छीस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment