Showing posts with label Gossip. Show all posts
Showing posts with label Gossip. Show all posts

Saturday, August 4, 2012

तप तप चुहियो मोनिकाको जवानी (भिडियो हेर्नुहोस्)

नव नायिका मोनिका दाहालले आफ्नो जवानी तप तप चुहाएकी छिन् । चलचित्र ‘लभ ईज लाईफ’मा उनको जवानी चुहिएको हो । भदौको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ ईज लाईफ’ मा राखिएको आईटम गीतमा मोनिकाको जवानीलाई मझैले पर्दामा उतार्न खोजिएको छ ।

राजेश पायल राई र अप्सरा घिमिरेले आवाज भरेको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । गौतम क्रियशनको व्यानरमा तयार भएको यो चलचित्रलाई एल.एन गौतमले निर्देशन गरेका हुन् । चलचित्रका गीत, पटकथा र सम्वाद शंकर अधिकारी घायलले लेखेका हुन् ।

चलचित्रमा आयुष रिजाल, आशा भुषाल, युनिश ढुंगाना, स्मिता थपलिया, मोहन श्रेष्ठ, उमेश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कुमार वोगटी र चन्दा बिडारीले निर्माण गरेका हुन् । हेर न हेर चुहीयो जवानी वोलको यो गीतमा मोनिका दाहालले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।

# OnineKhabar